भक्तपुरमा बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ


चैत ९, २०८२, सोमबार | साँझ ०५:५५ बजे | 270


भक्तपुरमा बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

भक्तपुर, चैत ९ — बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका–८ बस्ने २३ वर्षीय सुशिल लामा रहेका छन्।

सम्मानित जिल्ला अदालत भक्तपुरबाट फैसला कार्यान्वयनका क्रममा फरार रहेका लामालाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२ चैत ९ गते पक्राउ गरेको हो। पक्राउपछि उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः जिल्ला अदालत भक्तपुरमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादीहरूको खोजी तथा पक्राउ कार्यलाई तीव्र बनाइएको छ।

Comments