सूर्यविनायक क्षेत्रबाट बिस्कुटसहित युवक पक्राउ
चैत ९, २०८२, सोमबार | साँझ ०५:२४ बजे | 345
भक्तपुर, चैत ८ — जिल्ला प्रहरी परिसर भक्तपुरले अवैध रूपमा भन्सार छली गरी ल्याइएको बिस्कुटसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार आइतबार साँझ करिब ७:३० बजे सूर्यविनायक नगरपालिका–६ स्थित सूर्यविनायक क्षेत्रबाट ८ कार्टुन ‘मल्किष्ट’ बिस्कुटसहित १९ वर्षीय गणेश कुमार शाह पक्राउ परेका हुन्।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले अन्दाजी रु. ३४ हजार ५६० मूल्य बराबरको बिस्कुट बरामद गरेको जनाएको छ।
पक्राउ परेका शाह महोत्तरीको बलुवा नगरपालिका–६ घर भई हाल जनकपुरमा बस्दै आएका हुन्। उनलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुर पठाइएको प्रहरीले जानकारी दिएको छ।
