फरार प्रतिवादी दुवाकोटबाट पक्राउ


चैत ५, २०८२, बिहीबार | साँझ ०४:०५ बजे | 220


फरार प्रतिवादी दुवाकोटबाट पक्राउ

भक्तपुर, चैत ५ — बहुविवाह मुद्दामा कैद सजाय भोगिरहेका एक प्रतिवादी कारागारबाट फरार भएको अवस्थामा भक्तपुरबाट पुनः पक्राउ परेका छन्।

Zen G आन्दोलनको क्रममा केन्द्रीय कारागार कार्यालय, सुन्धारा काठमाडौंबाट फरार भएका जिल्ला सिन्धुपाल्चोक बलेफी गाउँपालिका–६ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ३५ वर्षीय साईला तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार फरार रहेका तामाङलाई मिति २०८२ चैत ५ गते बिहान ११:०० बजे दुवाकोट क्षेत्रबाट प्रहरी प्रभाग दुवाकोट बाट खटिएको टोलीले पक्राउ गरेको हो।

उनीलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Comments