किन इन्डियाले गरे भारतबाट उद्धार, उद्धारपछि गाउँ फकिएकी चेलीको बाजागाजा सहित गाउँलेको स्वागत
चैत ५, २०८२, बिहीबार | साँझ ०४:०४ बजे | 105
घरपरिवारको सम्पर्कमा समेत रहन नदिई बन्धक बनाएर घरेलु काममा लगााएकी एक नेपाली युवतीको भारतमा उद्धार गरिएको छ । भारतको हिमाचल प्रदशको कोतखाई भन्ने स्थानबाट रुकुम पश्चिमकी २१ वर्षीया युवतीको उद्धार गरिएको छ। पीडितको आफन्तले दिल्लीस्थित नेपाली दूतावासको हटलाइन मा फोन सम्पर्क गरेर उद्धारको आग्रह गरेको थियो । दूतावासले किन इन्डिया तथा हिमाचलका प्रहरीसँगको समन्वय गरेर पीडितको उद्धार गरेको छ । किन इन्डियाका प्रमुख नविन जोशीले चार वर्ष अगाडि स्याउ बगानमा काम थालेकी किशोरीलाई बगानधनीले पछि घरमा काम लगाएको बताए । घरमा काममा लगाएपछि पारिश्रमिक नदिने र घरपरिवारलाई समेत सम्पर्क गर्न नदिएर राखेको जोशीको भनाइ छ । किशोशी ११ कक्षा पढ्दै गर्दा हिमाचल प्रदेश आइपुगेकी थिइन् । हिमाचाल प्रहरी तथा स्थानीय बाल कल्याण समितिको सहयोग लिएर पीडितको उद्धार गरेको जोशीले जानकारी दिए । घटनाविरुद्ध प्रहरीमा उजुरी दिएर पीडकलाई कारबाहीको दायरामा ल्याइने उनले बताए । पीडित तनावमा देखिएकी छन् । उनको स्थास्थ उपचार ता आवश्यक कानुल्नी प्रक्रिया पूरा गरेर परिवारलाई जिम्मा लगाउने क्रममा रुकुम पुगेका किन इन्डियाका निदेशक नविन जोशी लगायतको टिमलाई हर्सोलासका साथ गाउँलेले स्वागत गरेको हो । बारम्बारको प्रयासको बाबजुद पनि उद्धार गर्न नसकेर पिडामा बसेका परिवारलाइृ आफ्नो छोरी सकुसल आफ्नो घरमा ने ल्याइपुयाए पछि परिविारमा मात्र होइन सम्पूर्ण गाउँलेहरुमा नै खुशी छाएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...
