चाँगुनारायण नगरपालिकाका दुई स्थानमा डढेलो
चैत ४, २०८२, बुधबार | राति ०७:११ बजे | 140
भक्तपुर, चैत ४ — भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकाका दुई स्थानमा लागेको डढेलो नियन्त्रणमा लिइएको छ।
मिति २०८२ साल चैत ४ गते चाँगुनारायण नगरपालिका–६ तेलकोट नजिक रहेको सामुदायिक जंगल तथा वडा नं. ८ कलामसीस्थित ढुङ्गेपाखा सामुदायिक वनमा आगलागी भएको खबर प्राप्त हुनासाथ सुरक्षाकर्मी सक्रिय भएका थिए।
प्रहरी प्रभाग खरिपाटी भक्तपुर र अस्थायी प्रहरी पोष्ट सिमाचौर झाप्रोबाट खटिएको प्रहरी टोली, नेपाली सेना, स्थानीय बासिन्दा तथा दमकलको संयुक्त प्रयासमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको हो।
आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। डढेलो लाग्नुको कारणबारे पनि अनुसन्धान जारी रहेको छ।
स्थानीय प्रशासनले वन क्षेत्रमा सर्तकता अपनाउन र आगलागी हुन सक्ने गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
फाेटाेमा हेर्नुहाेस्...
