चेक अनादर सम्बन्धी मुद्दामा तीन जनालाई पक्राउ


फाल्गुन २६, २०८२, मङ्गलबार | विहान ११:४६ बजे | 155


चेक अनादर सम्बन्धी मुद्दामा तीन जनालाई पक्राउ

भक्तपुर, फागुन २५ — जिल्ला प्रहरी परिसर भक्तपुरले फैसला कार्यान्वयनको क्रममा बैंकिङ कसुर तथा चेक अनादर सम्बन्धी मुद्दामा तीन जनालाई पक्राउ गरी सम्मानित जिल्ला अदालत भक्तपुरमा उपस्थित गराएको छ।

प्रहरीका अनुसार अदालतबाट फैसला भई फरार रहेका चेक अनादर मुद्दाका दुई जना तथा बैंकिङ कसुर मुद्दाका एक जना गरी जम्मा तीन जनालाई भक्तपुर जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

पक्राउ परेकामध्ये बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. १ बस्ने ३६ वर्षीय दिपक न्यौपानेलाई अदालतले दोषी ठहर गर्दै पाँच दिन कैद तथा चार लाख रुपैयाँ जरिवाना सजाय तोकेको थियो। पक्राउपछि उनलाई अदालतमा पेश गरिएको थियो।

अदालतको आदेशअनुसार न्यौपानेलाई सोही मितिमा कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौं चलान गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रहरीले अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीहरूलाई खोजी गरी पक्राउ गर्ने अभियान निरन्तर जारी रहने जनाएको छ।

Comments