चुनावको मुखमा सूर्यविनायकबाट राइफलसहित एकजना पक्राउ


फाल्गुन १९, २०८२, मङ्गलबार | विहान ११:४६ बजे | 960


चुनावको मुखमा सूर्यविनायकबाट राइफलसहित एकजना पक्राउ

भक्तपुर । चुनावको मुखमा भक्तपुरको सूर्यविनायकबाट राइफलसहित आज मंगलबार विहान एकजनालाई पक्राउ गरिएको छ । गोरखा पालुङटार नगरपालिका वडा नं. ९ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ८ भुम्डोल बस्ने वर्ष ३१ को आयन सेढाईलाई पक्राउ गरिएको हो । ए८८९६ नम्बरको इन्सास राईफल सहित मगलबार विहान नौ बजे उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीसँंग एस.एल.आर. राईफलको राउण्ड ४ थान, प्लास्टिक राउण्ड १ थान, सटगनमा लाग्ने राउण्ड १ थान,    खुकुरी १ थान, खुकुरीको दाप २ थान, बन्चरो १ थान,    लागूऔषधमा प्रयोग गर्ने सिरिन्ज ५ थान पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई विहान नौ बजे पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । उनीमाथि थप अनुसन्धान कार्य भइरहेको परिसरका डिएपी प्रकाश जबेगूले जनाए ।
 

Comments