टेम्पोमा एक्कासी आफै आगलागी
फाल्गुन १२, २०७७, बुधबार | दिउँसो ०१:४९ बजे | 10
बुधबार दिउँसो करिव १२ बजेतिर लैनचौरस्थित उपराष्ट्रपति भवन अगाडि ट्राफिक लाइटमा रोकिएको समयमा एउटा टेम्पोमा एक्कासी आफै आगलागी भएको छ । ग्याँसबाट चल्ने टेम्पोमा के कारण आगो लाग्यो खुल्न सकेको छैन । आगलागीका कारण टेम्पो पूर्ण रुपमा जलेको छ । चालक तथा यात्रु समयमै भागेका कारण मानवीय क्षति भने हुन पाएन ।