बैंकिङ कसुरका फरार प्रतिवादी कटुन्जे निवासी ज्योती बखुन्छे पक्राउ, कारागार चलान


फाल्गुन १, २०८२, शुक्रबार | राति ०९:१० बजे | 225


बैंकिङ कसुरका फरार प्रतिवादी कटुन्जे निवासी ज्योती बखुन्छे पक्राउ, कारागार चलान

भक्तपुर, — बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार रहेकी सूर्यविनायक नगरपालिका–५, कटुन्जे निवासी ज्योती बखुन्छे पक्राउ परेकी छन्।

जिल्ला अदालत भक्तपुरले उनलाई बैंकिङ कसुरमा दोषी ठहर गर्दै रु. १५,३०,००० (पन्ध्र लाख तिस हजार) जरिवाना तथा ६ महिना २ दिन कैद सजाय सुनाएको थियो। फैसला पश्चात फरार रहेकी बखुन्छेलाई प्रहरी टोलीले मिति २०८२/१०/२९ गते आफ्नै वतन कटुन्जेबाट पक्राउ गरेको हो।

पक्राउ परेकी बखुन्छेलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सोही अदालतमा दाखिला गराइएको थियो। अदालतको आदेशअनुसार उनलाई ऐ. मितिमै कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौं चलान गरिएको सम्बन्धित निकायले जनाएको छ।

प्रहरीका अनुसार फरार प्रतिवादीको खोजतलास कार्य निरन्तर रूपमा जारी रहेको छ।

Comments