भक्तपुर । भक्तपुरको घलांटे क्षेत्र विहानदेखि तनावग्रस्त बनेको छ । अरनिको राजमार्ग अन्तगर्त सूर्यविनायक र चुनदेवीकोवीचमा रहेको घलांटे क्षेत्र तनावग्रस्त बनेको हो । त्यहाँं प्रहरी र स्थानीयवीच ढुंगा हानाहानसमेत भएको छ ।
शुक्रबार टिपरबाट ठक्कर खाई मृत्यु भएका पीडितको क्षतिपूर्तिका लागि विहानदेखि जुलुश निस्केको थियो । जुलुशले राजमार्ग अवरुद्ध पार्न खोजेको थियो । राजमार्ग अवरुद्ध गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । स्थिति भयाबह बनेपछि प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ गरेको छ । प्रदर्शनकारी पक्राउ गरेपछि प्रहरीमाथि प्रदर्शनकारीले ढुंगामुढा गरेको थियो । यो समाचार तयार पार्दासम्म यो क्षेत्र तनावग्रस्त नै छ । तनावग्रस्त भएपछि त्यहाँं सयौं सुरक्षाकर्मी परिचालित छन् । प्रदर्शन भए पनि राजमार्ग अवरुद्ध भने गर्न दिएको छैन ।...

All Comments.......


Please Login/Register To Comments