लागूऔषधसहित प्रहरीले आइतबार भक्तपुरको सल्लाघारीबाट एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको बेतिया सिक्टा गाँउ वडा नं. १० बस्ने बर्ष ४७ को आनन्दराम चमारलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । उनलाई डाइजोपाम ३०० थान, नोर्फिन ३०० थान र फेनेरागन ३०० थान लागूऔषधसहित भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीबाट पक्राउ गरेको परिसरका सूचना अधिकृत दीपक गिरीले बताए । भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारी एरियामा लागू औषध किनबेच गर्ने व्यक्तिहरुको गतिविधि छ भन्ने विशेष सूचनाको आधारमा संकित व्यक्तिहरुको खोजतलासको लागी खटिएको प्रहरी निरीक्षक सुदन के.सी.को कमाण्डको टोलीले विहानको समयमा सल्लाघारीस्थित डा. इवामुरा अस्पताल अगाडिको सडक खण्डमा उनलाई पक्राउ गरेको जनाइएको छ । शंकास्पद रुपमा हिडिरहेको अवस्थामा उनलाई पक्राउ गरेको बताएको छ ।...

All Comments.......


Please Login/Register To Comments