कमलविनायकमा मृत्यु भएका व्यक्ति भनपा ८ का 


माघ १५, २०८२, बिहीबार | विहान ११:४२ बजे | 385


कमलविनायकमा मृत्यु भएका व्यक्ति भनपा ८ का 

भक्तपुर । भक्तपुरको कमलविनायकमा भएको घटनामा परी मृत्यु भएका व्यक्ति भक्तपुर नगरपालिका–८ का २६ वर्षीय स्कुटर चालक बिमल वनमाला रहेको खुलेको छ । बुधबार राति दुर्घटनामा गम्भीर घाइते भई उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक भक्तपुर–७ इनाचोका २४ वर्षीय राजेश वनमाला घाइते अवस्थामा छ । उनी बी एन्ड बी अस्पतालमा उपचाररत छन् । साथै फरार टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय राजकुमार माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

Comments