भक्तपुर । भक्तपुरमा ट्रकबाट खसेर एकजनाको मृत्यु भएको छ। २०७७ फागुन० ५ गते अन्दाजी १८ः०० बजेको समयमा चाँगुनारायण नगरपालिका २ झौखेलमा झौखेलबाट ब्यासी तर्फ आउदै गरेको बा २ क ९०९९ नं.को मिनीट्रकमा सवार गरी आएका ऐ.बस्ने वर्ष ४१ को सुर्यमान सुवाल मिनीट्रकबाट झर्ने क्रममा ऐ. मिनीट्रकको अगाडीको बाँया साईडको चक्कामा पर्न गई घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग ब्यासी भक्तपुरबाट प्रहरी टोली खटी गई घाईतेलाई उपचारार्थ भक्तपुर अस्पताल लगी प्राथमिक उपचार पश्चात थप उपचारका लागी ऐ. मितिको १९ः५० बजे धुलिखेल अस्पताल पठाईएकोमा धुलिखेल अस्पतालमा उपचार हुन नसकी थप उपचारको लागी ऐ. मितिको २३ः३० बजे के.एम.सि. अस्पताल सिनामंगल काठमाण्डौ रिफर गरिएकोमा उपचारकै क्रममा मध्यराती ०१ः२५ बजे सम्बन्धित चिकित्सकले मृत घोषणा गरिएको । ठक्कर दिने सवारी साधन र सवारी चालक रामेछाप दोरम्बा घर भई हाल भक्तपुर चाँगुनारायण न.पा. २ झौखेल बस्ने वर्ष ४५ को सन्तवीर तामाङलाई महानगरीय प्रहरी परिसर भक्तपुरमा राखी थप अनुसन्धान कार्य भईरहेको ।ुरले नियन्त्रणमा लिएको छ ।
...

All Comments.......


Please Login/Register To Comments