सपना रोकामगरलाई धम्की दिने विनयजंग बस्नेत पक्राउ
फाल्गुन ५, २०७७, बुधबार | विहान ०५:४३ बजे | 15
काठमाडौं । बेवारिसे शवहरुको दाहसंस्कार गरेर बिबिसीको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरलाई धम्की दिने विनयजंग बस्नेत पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई मंगलवार पक्राउ गरेको हो ।
रोका मगरले आइतवार बस्नेत विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन। विवाद भएपछि बस्नेतले युट्युबमा सपनाका नांगा तस्बिरहरु सार्वजनिक गर्ने धम्की दिएपछि सपनाले आइतबार परिसरमा जाहेरी दिएकी थिइन । उनलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरिएको एसएसपी अशोक सिंहले जानकारी दिए ।
केही समयअघि एक अन्तरवार्तामा बस्नेतले आफूसँग पेनड्राइभमा सपनाका नांगा तस्बिर रहेकाले ती तस्बिर सार्वजनिक गरिदिने धम्की दिएका थिए। सोहीकारण सपनाले बस्नेतविरूद्ध अभद्र व्यवहारको मुद्दा जाहेरी दिएकी थिइन । यसअघि सपना र बस्नेत मिलेर बेवारिसे शव जलाउने काम थालेका थिए।
बस्नेतले आफूसँग सपनाको धेरै नग्न तस्बिर भएको दाबी गरेका छन्। बस्नेतले सपना रोका मगर बिबिसीको १०० प्रभावशाली महिलाको सूचीमा पर्नुमा आफ्नो ठूलो योगदान रहेको दाबी गर्दै आएका छन्।