सूर्यविनायकबाट १४ जना मानिसहरु पक्राउ


पुष १५, २०८२, मङ्गलबार | साँझ ०५:१३ बजे | 235


सूर्यविनायकबाट १४ जना मानिसहरु पक्राउ

सूर्यविनायक । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ५ सल्लाघारीमा डेरा कोठा गरी बस्ने वर्ष ४१ को गोपालबहादुर बलको कोठामा तास खेलिरहेका १४ जनालाई प्रहरी पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट प्रहरी टोली खटी गई छापा मार्दा निज गणेशबहादुर बल सहित १४ जना मानिसहरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पैसाको हारजित हुने गरी जुवा तास खेलिरहेको अवस्थामा नियन्त्रण लिइएको प्रहरीले जनाएको छ । साथै नगद रु. १,५३,२६०÷– (एक लाख त्रिपन्न हजार दुई सय साठी रुपैयाँ) र २ बुक तास समेत बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएके छ । उनीहरुलाई प्रहरी वृत्त जगाती भक्तपुरमा ल्याई थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ । उनीहरुलाई १४ गते सोमबार साँंझ साढे ६ बजे पक्राउ गरेको जनाइएको छ ।  

Comments