चपाचोबाट चार जना जुवाडे पक्रउः ५५ हजार नगद जफत
पुष १४, २०८२, सोमबार | साँझ ०६:४५ बजे | 135
मध्यपुर थिमि । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ६ चपाचोमा जुवा तास खेलिरहेका चार जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा प्रहरी वृत्त ठिमी भक्तपुतरबाट प्रहरी टोली खटिई गई छापा मार्दा ४ जना मानिसहरुलाई साँंझ ६ बजे पक्राउ गरेको जनाएको हो । पैसाको हारजित हुने गरी जुवा तास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । साथै १ बुक तास र रु. ५५ हजार रुपैयासमेत बरामद गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको हो । उनीहरुलाई प्रहरी वृत्त ठिमी भक्तपुरमा राखी थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।
