बंशगोपालमा कुटपिट गरी हत्या
पुष ७, २०८२, सोमबार | साँझ ०४:१६ बजे | 420
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. ३ वंशगोपाल डेगोमनामा निर्माणाधिन साढे ३ तल्ले घरमा ज्यामी काम गरी भुइतल्लामा बस्ने उदयपुर घर भएको अन्दाजी बर्ष ३४ को पूर्ण ठकुरी मृत्त अवस्था छ भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान गर्दा निजसँगै काम गर्ने जिल्ला धनकुटा सागुरीगढी गाँउपालिका वडा नं. ३ घर भई सोही घरमा ज्यामी काम गरी बस्ने बर्ष २७ को संजिब याखाले हिजो ६ गते राती कुटपिट गरी हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । निज संजिब राईलाई आज ७ गते ०८ः०० बजे जिल्ला भक्तपुर, भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएके छ । उनलाई परिसर भक्तपुरमा ल्याई राखिएको छ । मृत्तक लाशलाई पोष्टमाटर्मको लागि काठमाडौं मेडिकल कलेज दुवाकोट, भक्तपुर लगेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।
