गोल्मढीबाट १२ जना जुवाडेहरु पक्राउः झण्डै दुई लाख बरामद


पुष ४, २०८२, शुक्रबार | राति ०९:१३ बजे | 525


गोल्मढीबाट १२ जना जुवाडेहरु पक्राउः झण्डै दुई लाख बरामद

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. ७ गोलमडीमा तास खेलिरहेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । तास खेलिरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीह्रुलाई पक्राउ गरेको हो । 
उक्त स्थानमा छापा मार्दा पैसाको हारजित हुने गरी जुवातास खेलिरहेको अवस्थामा १२ जना मानिसहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएके छ । उनीहरुबाट ३ बुक तास र नगद रू एक लाख छयत्तर हजार छ सय तीस रुपैँयासमेत खेलिरहेको स्थानबाट बरामद गरिएको छ । उनीहरु सवैलाई जिल्ला परिसर भक्तपुरमा ल्याई थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ । उनीहरुलाई बिहीबार १७ः३० बजेको समयमा पक्राउ गरको हो । 

Comments