देइगनामा १७ वर्षीया युवतीको स्तनमा समाती बाल यौन दुव्र्यबहार


पुष २, २०८२, बुधबार | राति ०८:२६ बजे | 160


देइगनामा १७ वर्षीया युवतीको स्तनमा समाती बाल यौन दुव्र्यबहार

भक्तपुर । प्रहरीले मंसिर महिनाभित्र जिल्लाभित्र घटेका विभिन्न अपराधिक घटनाहरुको विवरण बुधबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरले जिल्लाभित्रका विभिन्न घटनाहरुको संकलित एकमहिने घटना सार्वजनिक गरेको हो । यस अनुसार बालिकामाथि यौन दुव्र्यवहार भएको पनि जनाएको छ । 

 मंसिर महिनामा घटेका मुख्य अपराध तथा अनुसन्धानको संक्षिप्त विवरण

सि.न.

मुद्दा शिर्षक

अनुसन्धानको संक्षिप्त विवरण

कै.

  •  

जबरजस्ती करणी

मिति २०८२।०८।०८ गते बेलुका अं.१९:०० बजेको समयमा जिल्ला भक्तपुर सु.न.पा. वडा नं.०६ स्थितमा रहेको कुम्पाखा खाजा घर नजिक रहेको कुखुराको खोर भित्र पीडित बर्ष १५ की लाई स्तनमा समाती यौनीमा औला छिराई जबरजस्ती करणी गर्ने तुल्सि नारायण कुंपाखलाई पक्राउ गरी अनुसन्धान भईरहेको ।

 

  •  

जबरजस्ती करणी

मिति २०८२/०८/१२ गते अ. २४:०० बजे जि. भक्तपुर भ.न.पा. ८ स्थित प्रतिबादीले पीडित बर्ष १५ की लाई ललाई फकाई होटलमा लगि बियर खुवाइ लठ्याई जबरजस्ती करणी गर्ने ब्यक्तिलाइ पक्राउ गरी अनुसन्धान भईरहेको ।

 

  •  

जबरजस्ती करणी

मिति २०८२/०८/१८ गते गते विहान १०:०० बजेको समयमा जिल्ला भक्तपुर, सूर्यविनायक न.पा. वडा नं. ६ शुभकामना पाटी प्यालेस नजिक रहेको सूर्यविनायक गेष्ट हाउसको कोठामा पीडित की १३ की लाई उक्त गेष्ट हाउसको कोठामा लगी जवरजस्ती करणी गरेको गर्ने नाम भक्तपुर २७ (छ७१) लाई पक्राउ गरी अनुसन्धान भईरहेको ।

 

  •  

जबरजस्ती करणी

मिति २०८२/०८/२१ गते अ. ०१:०० बजेको समयमा जिल्ला भक्तपुर, सूर्यविनायक नगरपालिका वडा नं. ६ शुभकामना पाटी प्यालेस नजिक रहेको सूर्यविनायक गेष्ट हाउसको कोठामा पीडित बर्ष की १३ की लाई जवरजस्ती करणी गर्ने भक्तपुर २७ ( छ७५ ) लाइ पक्राउ गरी अनुसन्धान भईरहेको ।

 

  •  

मानव बेचबिखन

मिति २०८२।०८।१३ गते साँझ अन्दाजी १७:१० बजेको समयमा जि. भक्तपुर भ.न.पा. १० चोखा स्थित प्रतिबादी मनिषा खत्रीले सञ्चालन गरेको होटलमा काम लगाईदिन्छु भनी ललाई फकाई बोलाई मलाइ उक्त होटलमा आएका पुरुष ग्राहकहरुसँग जवरजस्ती यौन सम्पर्क गर्न बाध्य बनाउने राधेश्याम दुवाल समेत २ जनालाई पक्राउ गरी अनुसन्धान भईरहेक ।

 

  •  

मानव बेचबिखन

मिति २०८२।०८।१३ गते अ.१७:०० बजेको समयमा जि.भक्तपुर भ.न.पा. १० स्थित प्रतिबादी अनिषा तामाङको सञ्चालन गरेको खाजा घरमा काममा लगाईदिन्छु भनी उक्त होटलमा आउने पुरुषसँग शारीरिक सम्पर्क गर्न लगाएकोमा विकेश वादे समेत ४ जनालाई पक्राउ गरी सम्मानित अदालतमा पेश गरेकोमा मिति २०८२/०९/०१ गते प्र. उमाकान्तले रु. २,००,०००/- प्र. बिकेशले रु. २०,०००/- तिरी छुटेको, प्र. स्वतिकाले रु. २०,०००/- तिर्न नसकी थुनामा गएको र प्र. अनिषा पुर्पक्ष गएको ।

 

  •  

मानब बेचबिखन

मिति २०८२।०७।२९ गतेका दिन अन्दाजी १२:०० बजेको समयमा जिल्ला भक्तपुर भक्तपुर नगरपालिका वडा नं. १० भत्केकोपाटी स्थित प्रतिबादीले मलाई होटलमा काम लगाईदिने भनी ललाई, फकाई, प्रलोभन पारी होटलमा आएका ग्राहकहरुसँग यौन सम्पर्क गर्न बाध्य बनाईको घटनामा सुरेन्द्र पौडेल समेत २ जनालाई पक्राउ गरी सम्मानित अदालतबाट मिति २०८२/०८/१५ गते जनही रु. २५,०००/- तिरी छुटेको ।

 

  •  

बालयौन दुरुपयोग

मिति २०८२।०८।२३ गते दिनको अं.१३:३० बजेको समयमा जिल्ला भ क्तपुर भ.न.पा. वडा नं.०९ देगाईनामा रहेको सिरक डसना पसलको सटरभित्र पीडित वर्ष १७ की लाई स्तनमा समाती बालयौन दुरुपयोग गर्ने मेहुमद मिया खानलाइ पक्राउ गरी अनुसन्धान भईरहेको ।

 

Comments