खुल्यो सुकलढोकाको इनारमा दुर्घटना हुने व्यक्तिको पहिचान
मंसिर २३, २०८२, मङ्गलबार | विहान ११:३१ बजे | 415
भक्तपुर । भक्तपुरको पुरानो बजारको रुपमा रहेको ऐतिहासिक इनार भत्केने गरी दुर्घटनामा परेका व्यक्तिको पहिचान खुलेको छ । प्रहरीका अनुसार दुर्घटनामा पर्ने कारचालक भक्तपुरकै कमलविनायक बस्ने चन्दन सुवाल रहेका छन् ।
रातको समयमा कारले इनारमा ठक्कर खाएको थियो । दुर्घटनाको क्रममा कार सिधै सडकछेउमा रहेको परम्परागत इनारमा ठोक्किँदा इनारमा गम्भीर क्षति पुगेको थियो । इनारको पर्खाल भत्किएको र वरपरका ढुंगाहरू खसेको थियो ।
अहिले इनारलाई सुरक्षित राखिएको छ । इनारको वरिपरि मर्मत हुँंदै भन्ने बोर्डहरु राखेर सुरक्षित गरिएको छ ।
फाइल तस्वीरः प्रकाश
