यसरी भत्केको थियो सुकुलढोको ऐतिहासिक इनार
मंसिर २२, २०८२, सोमबार | साँझ ०६:३३ बजे | 630
भक्तपुर । भक्तपुरको पुरानो बजारको रुपमा रहेको ऐतिहासिक इनार भत्केको छ । इनार भत्केको अवस्थामा सोमबार विहान स्थानीले चाल पाएका थिए । बताइए अनुसार राति २–३० बजेतिर इनारमा निसान गाडीले ठक्कर दिएको थियो ।
दुर्घटनाको क्रममा गाडी सिधै सडकछेउमा रहेको परम्परागत इनारमा ठोक्किँदा इनारमा गम्भीर क्षति पुगेको स्थानीयले बताएका छन् । इनारको पर्खाल भत्किएको र वरपरका ढुंगाहरू खसेको प्रारम्भिक विवरणमा उल्लेख छ ।
दुर्घटनापछि गाडीलाई क्रेनको सहायताले उचालेर हटाइएको बताइएको छ । घटनामा गाडी चालकको हात भाँचिएको छ भने अन्य दुई जना सवार सकुशल रहेका छन् ।
घाइते चालकलाई उपचारका लागि अस्पताल पु¥याइएको छ । सडक अबरुद्ध हुन नदिन दुर्घटनाग्रस्त कारलाई क्रेनमार्फत हटाइएको प्रत्यक्षदर्शीको भनाई रहेको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।
photo
prakash
