व्यासीमा ग्यास पड्किएर मृत्यु भएकी महिलाको ६ वर्षे छोराद्धारा दाहसंस्कार 


मंसिर ३, २०८२, बुधबार | साँझ ०५:२९ बजे | 715


व्यासीमा ग्यास पड्किएर मृत्यु भएकी महिलाको ६ वर्षे छोराद्धारा दाहसंस्कार 

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं २ ब्यासी भक्तपुरस्थित सामुदायिक इङ्लिस स्कुलमा बिहान करिब ९ः३० बजे ग्यास पड्किँदा घाइते भएकी लक्ष्मीश्वरी खाईतु रंजितकारको उपचारका क्रममा मृत्यु भएको छ । घटना कार्तिक १९ गते भएको थियो । तर उपचारको क्रममा उनको मृत्यु भने गएको सोमबार भएको हो । उनको पार्थिव शरीरको दाहासंस्कार उनका ६ बर्षे सानो छोरा उद्यम रंजितकारले गरेका छन् । उनको भक्तपुरको हनुमानघाटमा दाहसंस्कार गरिएको हो । 

Comments