सूर्यविनायक गणेश मन्दिर पिपलबाटको घरमा आगलागी
कार्तिक २, २०८२, आइतबार | दिउँसो ०३:११ बजे | 120
सूर्यविनायक । भक्तपुरको सूर्यविनायकमा आइतबार आगलागी भएको छ । सूर्यविनायक नगरपालिका वडा नं. ६ गणेश मन्दिर पिपलबोटस्थित बालकृष्ण त्वायनाको काठको छाप्रोमा अचानक आगलागी भएको हो । आगलागीबाट त्यहाँ भएका काठहरु जलि नष्ट भएको छ । नजिकै रहेको निजको घरमा पनि सामान्य क्षति भई ढोका, झ्याल जलेको र पराल पनि जलेर नष्ट भएको जनाइएको छ । जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगेर सो आगलागी नियन्त्रण गरि थप क्षति हुनबाट जोगाउन सफल भएको कार्यालयले जनाएको छ । दमकल समय १२ः३० निस्केको र २ः१३ आगो निभाएर फर्केको सूचना अधिकारी हिमाल घर्ती मगरले जानकारी गराए ।
