टिप्परको ठक्करबाट कटुञ्जेकी २५ वर्षीया युवती घाइते
असोज २९, २०८२, बुधबार | राति ०९:३९ बजे | 130
भक्तपुर । भक्तपुरको सूर्यविनायक न.पा. ५ कटुन्जे चोकमा राधेराधेबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा ३ क १६५३ नं. को टिप्परले पैदलयात्री कटुन्जे बस्ने वर्ष २५ कि रोजिना खाइजूलाई ठक्कर दिदा घाइते भएकी छिन् । उपचारको लागि उनलाई जिल्लाकै मध्यपुर अस्पताल लगेको प्रहरीले जनाएको छ । हाल उनको अवस्था बोल्न सक्ने, टाउको र मुखमा काटिएको रहेको जनाइएको छ । बायाँ खुट्टामा दछारिएको चोट रहेको, उपचारमा बुवा रविन्द्र खाइजो संलग्न रहेको, टिप्पर वृत्त जगातीको नियन्त्रणमा र चालक जिल्ला धादिङ नौबिसे न.पा. ४ बस्ने वर्ष ३४ को राजकुमार तामाङ प्रहरी परिसर भक्तपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । उक्त स्थान प्रहरी वृत्त जगातीबाट अन्दाजी ३ कि.मि. पश्चिम पर्दछ ।