भक्तपुरमा मदिरा बनाउने एक महिला नियन्त्रणमा


माघ २०, २०७७, मङ्गलबार | दिउँसो ०२:१५ बजे | 0


भक्तपुर । भक्तपुरमा अवैद्य घरेलु मदिरा तथा कच्चा पदार्थ बनाउने एक जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। भक्तपुर चाँगुनारायण नगरपालिका २ झौखेल बस्ने बर्ष ३७ की रिता दुवाललाई नियन्त्रणमा लिएको हो।
आज दिउँसो महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरिक्षक शशिधर शर्माको कमाण्डमा २० जना प्रहरी टोली खटी गई घरलाई घेराबन्दी गरी खानतलासी गर्दा घरेलु मदिरा (रक्सी) तयारी एक हजार लिटर, घरेलु मदिरा बनाउन प्रयोग हुने तयारी कच्चा पदार्थ एक हजार लिटर, पाँच सय ५० किलो घरेलु मदिरा बनाउने सख्खर बरामद गरेको जनाएको छ।
साथै घरेलु मदिरा बनाउने सामग्री तथा मेटलका भाडा र सात वटा दुई सय लिटरका ड्रम समेत कानून बमोजिम बरामद गरी थप अनुसन्धान तथा कारवाही लागी आन्तरिक
राजश्वर कार्यालय जगाती भक्तपुर पठाईएकोमा जरिवाना बापत रु १,३९,५००र( एक लाख उनन्चालिस हजार पाँच सय जरिवाना तिरी छुटेको महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी दिपक गिरीले जानकारी गराए। साथै थप अनुसन्धान कार्य भईरहेको उनले बताए।

Comments