ज्योतिषीको भर परेर हिँडेकाले लाङटाङ घटना घटेको दाबी


असोज १९, २०८२, आइतबार | राति ०९:०५ बजे | 290


ज्योतिषीको भर परेर हिँडेकाले लाङटाङ घटना घटेको दाबी

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सरकारको पूर्व तयारीले बाढीका  कारण मानवीय क्षति नभएको दाबी गरे। तर लाङटाङ राष्ट्रिय निकुञ्जमा ट्रेकिङ (पदयात्रा) गएकाहरू भने ज्योतिषीको भर परेर हिँडेकाले घटना घटेको मन्त्री घिसिङको दाबी छ। 

‘लाङटाङमा ट्रेकिङ गरेको तीन÷चार जना बाढीले बगाएको भन्ने छ। उहाँलाई सम्झाउँदासम्झाउँदै पनि ट्रेकिङ गएको भन्ने सुनिएको छ,’ मन्त्री घिसिङले भने, ‘सुरक्षा निकायबाट त्यसको पत्ता लगाउनलाई खटिसकेको छ।’ 

केही कुरा लापरबाहीले पनि भएको उनले टिप्पणी गरे। ‘अलिकति मैले सुनेको–केही ज्योतिषीहरूले यो(वर्षा) हुँदैन, गलत हो भनेको कारणले लाङटाङमा त्यसरी ट्रेकिङमा जानुभयो कि भन्ने पनि छ’, मन्त्री घिसिङले भने। 

सरकारले पटक–पटक भन्दाभन्दै पनि उनीहरू ट्रेकिङ गएको मन्त्री घिसिङले दाबी गरे। उनले अगाडि भने, ‘हामीले पटक–पटक भनेका, जानकारी दिएका पनि छौँ। त्यहाँ सिडिओ कार्यालयमा जानकारी दिएको छ। त्यति गर्दागर्दै पनि उहाँहरू जानुभयो।’

तस्वीर 
पीडित परिवारको घर अगाडि बसेका आफन्तहरुको हो । 

Comments