ठगी गर्ने मानिस नियन्त्रणमा


माघ १८, २०७७, आइतबार | दिउँसो ०२:१८ बजे | 5


भक्तपुर । भक्तपुरको सुर्यविनायकबाट ठगी गर्ने दुई जना अभियुक्त प्रहरीको नियन्त्रणमा लिएको छ। सिन्धुली सुनकोशी गाउँपालिका वडा नम्बर ४ भोलेनी घर भएका ३३ को बीर बहादुर तामाङ, रामेछाप साबिक बेथान गाउँ बिकास समिति वडा नम्बर ७ हाल सुनपाती गाउँपालिका वडा नम्बर ७ घर भएका २७ वर्षीय ग्याल्छेन लामालाई प्रहरीले पक्राउ गरेका हुन्। हाल दुवैजना भक्तपुर सुर्यबिनायक नगरपालिका ६ बस्दै आएको जनाइएको छ।
माघ १६ गते सुनौलो कछुवा सहित पक्राउ परेका धावा लामा र राज कुमार घिसिङलाई बिना कारवाही र सजाय थुना मुक्त गराई दिन्छौ भनेर बिश्वाास दिलाई निम्न लिखित वतनका ग्याल्छेन लामा र बीर बहादुर तामाङले नगद रु दुईलाख दश हजार लगेकोमा निजहरुले हाम्रो आफन्त धावा लामा र राज कुमार घिसिङलाई थुना मुक्त पनि नगरेको र पैसा फिर्ता नगरी ठगी गरी सम्पर्क बिहिन भएको भनि जिल्ला रामेछाप दोरम्बा गा.पा. वडा नं. ७ घर भई भक्तपुर जिल्ला सुर्यबिनायक न.पा. ६ बस्ने बर्ष ३५ की सुमित्रा घिसिङ र ऐ.ऐ. घर भई ऐ.ऐ. बस्ने बर्ष ३६ की मनिषा लामाले महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा दिएको किटानी जाहेरीको आधारमा निज अभियुक्तहरु बीर बहादुर तामाङ र ग्याल्छेन लामालाई महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको टोलीले कानून बमोजिम पक्राउ गरी मिति २०७७र१०र१८ गते भक्तपुर जिल्ला अदालतबाट ठगी कसुरमा दिन ५ (पाँच) म्याद थप अनुमति लिई थप अनसुन्धान भईरहेको छ ।
माथि उल्लेखित धावा लामा र राज कुमार घिसिङबाट मिति २०७७र०७र१६ गते भक्तपुर जिल्ला सुर्यबिनायक न.पा. वडा नं. ६ गणेश मन्दिर नजिकबाट बिशेष सूचनाको आघारमा महानगरीय अपराध महाशाखाको टोलीले सुनौलो कछुवा सहित निजहरुलाई पक्राउ गरी थप अनुसन्धानका लागी डिभिजन बन कार्यालय सानोठिमी भक्तपुर बुझाई थप अनुसन्धान तथा कारवाही भएको थियो ।

Comments