किशोरी बलात्कार गर्ने पक्राउ


माघ १८, २०७७, आइतबार | दिउँसो ०१:५८ बजे | 30


भक्तपुर । भक्तपुर प्रहरीले १९ वर्षीया किशोरीमाथि बलात्कार गर्ने एकजना पुरुषलाई पक्राउ गरेको छ । सर्लाही स्थायी घर भई भक्तपुर नगरपालिका वडा नम्बर १० कमलबिनायकमा डेरा कोठा लिई अध्ययनरत बर्ष १९ की ती किशोरीलाई बलात्कार गरेको आरोपमा बर्ष ३१ को बिकास तजलेलाई पक्राउ गरेको हो ।
दिउँसोको समयमा किशोरी बस्ने डेरा कोठामा एक्लै भएको मौका पारी सोही स्थानमा स्थायी वतन भएका सामान्य चिनजान भएका बिकास एक्कासी कोठाभित्र प्रवेश गरी कोठाको चुकुल लगाई डर धाक धम्की दिई बोल्न कराउन नदिई जवरजस्ती करणी गरी भागी फरार भएको भन्ने महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा दिएको किटानी जाहेरी दरखास्तको आधारमा विकासलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । विकासलाई कानूनको रीत पु¥याई पक्राउ गरी आइतबार जिल्ला अदालत भक्तपुर पेश गरी म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत दीपक गिरीले जनाए ।

Comments