भक्तपुरमा दुर्घटनाबाट अपरिचित व्यक्तिको मृत्यु


माघ १५, २०७७, बिहीबार | विहान ०६:३४ बजे | 20


भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका १ लोकन्थली मनहरा सडक खण्डमा भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मृतक कालो धर्के सर्ट, कालो  ट्राउजर र खैरो जुत्ता लगाएको, अन्दाजी ५० बर्षको जस्तो देखिने पुरुष ब्यक्ति रहेको छ ।
लोकन्थलीबाट कोटेश्वर जाने लेनमा अधबैसे पुरुष मानिस लडीरहेको सूचना प्राप्त हुनासाथ गस्तीमा रहेको प्रहरी नायव निरिक्षक प्रकाश बगालेको कमाण्डको टोली तत्कालै पुगी घाईतेलाई तत्काल मध्यपुर ठिमी अस्पताल भक्तपुर पुर्यानउदा चिकित्सकले मृत्यु भएको जानकारी गराएको जनाइएको छ ।
महानगरीय पहरी परिसर भक्तपुरले जनाए अनुसार दुर्घटना गराउने सवारी साधनको सम्बन्धमा महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट प्रहरी निरिक्षक नवराज थापाको कमाण्डको टोलीले तत्कालै खोजतलास तथा अनुसन्धान गर्दा हालसम्म केही खुल्न नआएको बुझिएको छ।
मृतकको साथमा परिचय खुल्ने कुनै कागजात तथा मोबाईल फोन समेत नभएको हुँदा मृतक के, कहाँको र को हुन खुल्न नआएको परिसरका सचना अधिकृत दीपक गिरीले जनाए । सो  सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

Comments