जर्बजस्ती करणी गर्ने एक पक्राउ


माघ १२, २०७७, सोमबार | विहान ०२:३८ बजे | 25


मध्यपुर ठिमाबाट जर्बजस्ती करणी गरी फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। रामेछाप मन्थली नगरपालिका वडा नम्बर १० बस्ने ५१ वर्षिय भरत बहादुर बोहरालाई पक्राउ गरेको हो।
माघ १ गने मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ३ गठ्ठाघरस्थित ३३ वर्षिय महिलालाई जबरजस्ती करणी गरी बोहरा फरार भएको महानगरीय पहरी परिसर भक्तपुरका सुचना अधिकार दिपक गिरीले जानकारी दिए। पिडितको कोठामा निजले जर्बजस्ती गरेको जनाएको छ।
महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरमा परेको किटानी जाहेरीको आधारमा मिति माघ ५ गते जिल्ला अदालत भक्तपुरबाट पक्राउ अनुमति लिई जिल्ला प्रहरी कार्यालय रामेछापसंग समन्वय गरी खोजतलास गर्दा शनिबार बोहरालाई कानून बमोजिम पक्राउ गरी महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरमा ल्याईएको उनले बताए।

Comments