सुडालमा ३० जना चढेको गाडी दुर्घटनाः घाइतेको उपचार ख्वपमा 


साउन १९, २०८२, सोमबार | विहान १०:४२ बजे | 650


सुडालमा ३० जना चढेको गाडी दुर्घटनाः घाइतेको उपचार ख्वपमा 

भक्तपुर । भक्तपुरको चाँंगुनारायण नगरपालिका सुडालमा सोमबार विहान दुर्घटना भएको छ । ओरालो रोकिएको बस आफै गुडेर दुघटना भएको जनाइएको छ । नुवाकोटको दुप्चेश्वर जान तयारीमा रहेको बस आफै गुडेर पल्टेको जनाइएको छ । बताइए अनुसार बसमा ३० जना सवारी थिए । उनीहरुमध्ये ५÷६ जना घाइते भएका स्थानीयले बताए । घाइतेहरूको भक्तपुरका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको जनाइएको छ । उनीहरुको नजिकै रहेको च्याम्हासिंहस्थित ख्वप अस्पताललगायतमा उपचार भइरहेको जनाइएको छ । स्थानीय शान्ताराम दुलाले घटनाको पुष्टी गदै बसमा आफूसहित धेरै जना रहेको जानकारी गराए । विस्तृत विवरण आउन बाँंकी । तस्वीर फेसबुकबाट 

Comments