चोरी आरोपमा एकजना नियन्त्रणमा


माघ ८, २०७७, बिहीबार | दिउँसो ०१:३८ बजे | 10


भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारी चोङ्गा गणेश मोडमा दोलखा सैलुङ गाउँपालिका ८ घर भई हाल दधिकोट कोठा गरी बस्ने बर्ष ३१ को शंखर खत्रीले संचालन गरेको भीमेश्वर मःम सेन्टरमा चोरी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । कोठा भाडा तिर्न घर्रामा राखेको नगद रु एक लाख ७० हजार सोही होटलमा काम गर्ने रामेछाप मन्थली घर भई हाल ललितपुर गोदावरी नगरपालिका ६ फैडोल कोठा गरी बस्ने बर्ष ३० को राज कुमार धामीले काउन्टरको लक फोडी पैसा चोरी झ्यालको सिसा फोडी फरार रहेको भन्ने उजुरीको आधारमा धामीलाई पक्राउ गरेको जनाएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरमा दिएको किटानी जाहेरीको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्र.ना.नि. टपेन्द्र भण्डारीको कमाण्डमा खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उनलाई ललितपुर गोदावरी ननगरपालिका ६ फैडोलमा फेला पारी स्थानीय प्रहरीको सहयोगमा पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । कानूनको रीत पु¥याई खानतलासी गर्दा उनीसँंग नगद रु ३० हजार र सुन, चाँदीको गरगहना समेत फेला पारेको हुँदा  सो नगद र जिन्सीको सम्बन्धमा बुझ्दा शंकर खत्रीको मःम पसलबाट चोरी गरेको नगद रुपैया र सोही रुपैयाबाट उल्लेखित सामानहरुको खरिद गरेको हुँ भन्ने प्रारम्भिक सोधपुछको क्रममा बताएको परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए । उनीबाट बरामद गरी बिहीबार भक्तपुर जिल्ला अदालतबाट दिन सात दिनको म्याद थप गरी अनुमति लिई थप अनुसन्धान भईरहेको परिसरले जनाएको छ ।

Comments