दिदीबहिनी आत्महत्यामा किटानी जाहेरी


साउन १०, २०८२, शनिबार | राति ०८:०९ बजे | 195


दिदीबहिनी आत्महत्यामा किटानी जाहेरी

मध्यपुर । भक्तपुरको मध्यपुर थिमि सिन्टीटारमा दुई जना दिदीबहिनी एउटै पासोमा झुण्डिएर आत्महत्या गरेको विषयमा शनिबार प्रहरीमा किटानी जाहेरी परेको जनाइएको छ । पीडितका आफन्तले ठिमी प्रहरी बृतमा किटानी जाहेरी दिएको जनाइएको हो । दिउँसो करिव १ बजेतिर दुई तीन दर्र्जनको संख्यामा प्रहरी कार्यायल आएर किटानी जाहेर दिएको प्रत्यक्षदर्शीहरुले जनाए । 
अस्ती मध्यपुर थिमिको बोदे सिन्टीटारमा कोठामा भाडामा बसेका दुईजना दिदीबहिनीहरुले एउटै पासोमा आत्महत्या गरेका थिए । उनीहरुको लाश पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट भक्तपुरमा छ । पोष्टमार्टम रिपोर्टपछि थप रहस्य खुल्नसक्ने प्रहरीको भनाई छ । घटना रहस्यमय रुपमा घटेको थियो । 
 

Comments