प्यासेजमा झुण्डिएका थिए दुवैजनाः उठाइयो लाश 


साउन ९, २०८२, शुक्रबार | दिउँसो १२:११ बजे | 915


प्यासेजमा झुण्डिएका थिए दुवैजनाः उठाइयो लाश 

बोदे । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ९ बोदे सिन्टीटारको घरमा झुण्डिएर आत्महत्या गरेका दुवै जना दिदीबहिनी बालबालिकाहरुको लाश उठाइएको छ । विहीबार राति १० बजे पोष्ट मार्टममा लान मुचुल्का उठाइ लाश उठाइएको हो । 
लाश ११ बजे रातिपछि उठाउने भनेको थियो । तर बुबाआमा आउने ढिला हुने भएपछि नेपालगञ्जबाट आफन्त आइ उनीहरुको रोहबरमा लाश राति १० बजे नै उठाइएको जनाइएको छ । उहाँंहरु नेपालगञ्जबाट साँझ आठ बजेतिर आउनुपुग्नुभयो, प्रहरी भन्यो, त्यसपछि बुबालाइ भिडियो कल गरेर लाश देखाइ उठाइयो । 
दिदीबहिनी दुवैजना एउटै पासोमा कोठाभित्र नभइ प्यासेज (बाटो) मा झुण्डिएको अवस्थामा भेटिएका थिए । उनीहरुले रातको २ः४१ सम्मको भिडियो पनि भेटिएकाले त्यसपछि मात्रै आत्महत्या गरेको प्रहरीले जनाएको छ । साथै उनीहरुले रोएको, झुण्डिन लागेको, त्यसअघि नाइनलको डोरी पनि भिडियोमा राखेर देखाएको प्रहरीले उनीहरुको मोबाइलबाट भेटाएको छ । घटना सम्वन्धमा कसैलाइ पनि पक्राउ नगरिएको जनाइएको छ । 
मध्यपुर थिमि नगरपालिका–९ सिन्टीटारमा डेरा गरी बस्ने दुई किशोरी विहीबार विहानै मृतअवस्थामा फेला परेको थियो । दुई तले घरको भुइँ तलामा डेरा गरी बस्ने सुर्खेत पञ्चपुरी नगरपालिका–८ की १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल सोही घरको प्यासेजमा एउटै डोरीले झुन्डिएर मृतावस्थामा फेला परेका थिए । मेनुका र सिर्जना दिदीबहिनी भएको प्रहरीले बताएको छ । 
ईट्टा र फलामले बनेको २ तले घरको भुइ तलामा डेराकोठाको प्यासेजमा रहेको फलामको डण्डी (बलो)मा नाईलनको डोरी घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । दुईजना दिदीबहिनी एउटै डोरीमा झुण्डिएका थिए, प्रहरीले भन्यो । 
जिल्ला प्रहरी परिसर भक्तपुरले बालिका दुइ दिदीबहिनीले आत्महत्या गर्नुका कारणबारे अनुसन्धान भइरहेको जनायो । परिसरका सूचना अधिकृत डीएसपी ढुण्डीराज नेउपाने अनुसन्धान तीव्र पारिए पनि त्यसबारे तथ्य फेला पर्न नसकेको बताए । दिदीबहिनीको लाश बिहीबार बिहान ०६ः४५ बजे एउटै पासोमा झुण्डिएर मृत्यु भएको अवस्थामा भेटियो, उनले भने । 
आत्महत्या अघि मेनुका कँडेलले टिकटक बनाएको सार्वजनिक भएको छ । उनले लेखेको अन्तिम स्टाट्समा गुड बाइ फर एभर साना लेखिएको छ । उनले अगाडि लेखेकी छिन्, सोचेको थिए, तिमीलाई छोडेर यति छिटो नै जाने दिन नि आउन भनेर । तिमीसंग बिताएका पल सधै नै याद गर्ने छु । मलाई कहिले नि नर्सिस । 
अगाडि लेखिएको छ, तिमीलाई नै माया गर्थे । मलाई कहिले नि गल्ती न सोच्नु । हो, आजसम्म बोलेको थिएन होला । तर मैलै तिमीलाई कहिले चिट गरिन । मलाई भेट्न आउनु । अरु केही भन्दिन ।
यस हिसावले आत्महत्याको कारण प्रेम हुनसक्ने अनुमान गरिएको छ । तर प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ । अहिले नै यसै हो भनेर भनिहाल्न सक्ने अवस्था छैन, डीएसपी नेउपानेले भने ।  विहानै लाश भेटिए पनि राति अबेरसम्म पनि लाश उठाइएको थिएन । नेउपानेले दुई दिदीबाहिनीको लासको मुचुल्का विहीबार राति ११ बजे पछि मात्रै हुने जानकारी दिए । भारतको बम्बइबाट बुवा राति ११ बजेको फ्लाइटबाट नेपाल आउने भएको र बुवा बासुदेव कडेलले आफू नआइकन लास नउठाउन आग्रह गरेकाले राति मात्रै लाश उठाउने विहीबार साँंझ उनले भने । उनी भन्छन्, त्यसैले बुबा नआइकन लास उठ्दैन । 
मृृतक दुवैजना नजिकैको गार्मेन्टमा काममा संलग्न रहेको तथ्य फेला परेको छ । मध्यपुर थिमि नगरपालिका–९ सिन्टीटारमा अवस्थित कालिदेवी टेलर्सका संचालक पवन परिवारले करिब दुई हप्ता अगाडि एकजना केटा र दुई बहिनीसहित अर्को एकजना केटी काम माग्नको लागि टेलर्समा आएको सम्झे । उनीहरु केटालाई भिनाजु भनेर सम्बोधन गरेका थिए, उनले भने । दिदीभिनाजुको एउटा मात्र कोठा छ । बस्न अफ्ठ्यारो हुन्छ । कोठा खोजिदिनु भनेर पनि भनेका थिए, सचालक परियार भने, कोठा उनीहरु आफैले खोजे । तर पनि हामीले उनीहरुले ग्यास चुलोसमेत जडान गरेर दिएका थियौं । 
कहाँबाट आएको भनेर उनीहरुसँंग सोध्दा सुर्खेतबाट नै आएका भनेको बताएको उनले सुनाए । तर पछिल्लो दुई तीन दिन अघिबाट नै उनीहरु दुवै जना काममा नआएको उनले बताए । उनीहरु काम गर्न भन्दा पनि काम सिक्न भनी आएका थिएन, उनले भने ।
प्रहरीका अनुसार मृतक दिदीबहिनी घरबाट भागेर आएको खुल्न आएको छ । भारतको मुम्बाईको मीरा भयोण्डरको आफ्नै निवासबाट करिब ए महिनादेखि उनीहरु सम्र्पकविहिन भएका थिए । त्यसपछि विभिन्न उपायहरुबाट उनीहरुको फोटोसहित राखेर खोजी कार्य भइरहेको थियो । तीन हप्तादेखि छोरीहरुको कुनै सम्पर्क नभए पछि अभिभावक मिडियामा अन्तर्वार्ता पनि दिएको सार्वजनिक भएको छ । 
भारतको मम्बाईबाट कम्प्युटर क्लास जान्छु भनेर निस्केको । कक्षाबाट ७ बजे फर्किन्छ भनेर कुरेका थियौं, अन्तार्वातामा मृतकका आमा उमा कडेल भन्छिन्, त्यसदिन म्यासेन्जरमा कल गर्दा उठेन ।  त्यसपछि आमा उमाले भ्वाइस म्यासेज छाडिन्, ‘रोटी बनाएर खानू । म काममा गएँ ।’ 
कान्छी छोरीको अन्तिम भ्वाइस म्यासेज आयो, ‘ममी हामी यहाँ छैनौं । हामी बैंगलोर गयौं । पैसा कमाएपछि तपाईंलाई भेट्छौं । त्यो भन्दा अघि भेट्न सक्दैनौं ।’ त्यसपछि उनले घरमा फोन गरिन् । कामबाट घर फर्केर हेर्दा लत्ताकपडा र पैसा थिएन र आफ्नलाई कल गर्दा पनि कतै नभएको उनले अन्तर्वार्तामा बताएकी थिइन् । त्यसपछि पुलिस चौकीमा रिर्पोट गरेका थिए उनले । मोबाइलको लोकेशन ट्याक्गि गर्दा त्यसदिन भिवन्डीतिरको देखायो । प्रहरी परिवार साथीभाई राति दुई बजेदेखि खोजी कार्य गर्दा पनि उनीहरुलाई कही भेटाएनन् ।
भोलिपल्ट लोकेसन गोरखपुर हुँदै नेपाल गइराखेको देखियो । मोबाइल लोकेसनमा भारतदेखि नेपालसम्मको ट्याक देखियो । उनीहरू काठमाडौंमा होटलमा काम गरेको भन्ने सुनेपछि थप आशंकित भएको अन्तर्वार्तामा बताएकी थिइन । मृत्युको खवर प्रहरी पाएपछि त्यही अन्तर्वार्तामा लेखिएको सम्पर्क नम्वरबाट प्रहरीले मृतकका पितालाई भारतमा फोन सम्पर्क गर्न पाएका थिए र दुवै छोरीले आत्महत्या भएको जानकारी गराएका थिए । 
 

Comments