झुण्डिनु अघि सार्वजनिक टिकटकमा लेखिएको छ, सोचेको थिइन, तिमीलाई छोडेर यति छिटो जाने दिन नि आउन भनेर


साउन ८, २०८२, बिहीबार | राति ०८:५७ बजे | 435


झुण्डिनु अघि सार्वजनिक टिकटकमा लेखिएको छ, सोचेको थिइन, तिमीलाई छोडेर यति छिटो जाने दिन नि आउन भनेर

भक्तपुरको मध्यपुर थिमि सिन्टीटारमा मृतकहरुले झुण्डिनु अघि गरेको टिकटक सार्वजनिक भएको छ । आत्महत्या अघि मेनुका कँडेलले टिकटक बनाएको सार्वजनिक भएको हो । उनले लेखेको अन्तिम स्टाट्समा गुड बाइ फर एभर साना लेखिएको छ । 
उनले अगाडि लेखेकी छिन्, सोचेको थिए, तिमीलाई छोडेर यति छिटो नै जाने दिन नि आउन भनेर । तिमीसंग बिताएका पल सधै नै याद गर्ने छु । मलाई कहिले नि नर्सिस । 
अगाडि लेखिएको छ, तिमीलाई नै माया गर्थे । मलाई कहिले नि गल्ती न सोच्नु । हो, आजसम्म बोलेको थिएन होला । तर मैलै तिमीलाई कहिले चिट गरिन । मलाई भेट्न आउनु । अरु केही भन्दिन ।
यसअघि ईट्टा र फलामले बनेको २ तले घरको भुइ तलामा डेराकोठाको प्यासेजमा रहेको फलामको डण्डी (बलो)मा नाईलनको डोरी घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा उनीहरुको लाश विहीबार फेला परेको थियो ।  मध्यपुर थिमि नगरपालिका–९ सिन्टीटारमा डेरा गरी बस्ने दुई किशोरी मृतावस्थामा फेला परेपछि दिनभर त्यहाँं हेर्न आउनेहरुको भीड लागेको थियो । घटना विहानै भएको थाहा पाए पनि मृतकका आफन्त नआएकाले रातिसम्म लाश उठाइएको थिएन ।
दुई तले घरको भुइँ तलामा डेरा गरी बस्ने सुर्खेत पञ्चपुरी नगरपालिका–८ की १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल सोही घरको प्यासेजमा एउटै डोरीले झुन्डिएर मृतावस्थामा फेला परेका थिए । मेनुका र सिर्जना दिदीबहिनी भएको प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले पुष्ठी गरे । 
 

Comments