प्रेमका कारण आत्महत्या गरेको आशंका 


साउन ८, २०८२, बिहीबार | राति ०७:१९ बजे | 630


प्रेमका कारण आत्महत्या गरेको आशंका 

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले बालिका दुइ दिदीबहिनीले आत्महत्या गर्नुका कारणबारे अनुसन्धान भइरहेको जनाएको छ । परिसरका प्रनाउ ढुण्डीराज नेउपानेले दिदीबहिनीको लाश बिहीबार बिहान ०६ः४५ बजे भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका वडा नं. ८ बोडे सिन्टिटारस्थित डेरा गरी वस्ने घरमा भेटिएको जनाइन् ।
यसैवीच मृतकहरुले झुण्डिनु अघि गरेको टिकटक सार्वजनिक गरेको छ । टिकटकमा केटासँंग झगडा परेको र त्यही रिसमा बाइबाइ लेखिएको उल्लेख छ । यही कारण त्यही प्रेमले ज्यान लिएको अनुमान गरिएको छ ।  
ईट्टा र फलामले बनेको २ तले घरको भुइ तलामा डेराकोठाको प्यासेजमा रहेको फलामको डण्डी (बलो)मा नाईलनको डोरी घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा उनीहरुको लाश फेला परेको थियो । 
मध्यपुर थिमि नगरपालिका–९ सिन्टीटारमा डेरा गरी बस्ने दुई किशोरी मृतावस्थामा फेला परेपछि दिनभर त्यहाँं हेर्न आउनेहरुको भीड लागेको थियो । घटना विहानै भएको थाहा पाए पनि मृतकका आफन्त नआएकाले रातिसम्म लाश उठाइएको थिएन ।
दुई तले घरको भुइँ तलामा डेरा गरी बस्ने सुर्खेत पञ्चपुरी नगरपालिका–८ की १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल सोही घरको प्यासेजमा एउटै डोरीले झुन्डिएर मृतावस्थामा फेला परेका थिए । मेनुका र सिर्जना दिदीबहिनी भएको प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले पुष्ठी गरे । 
मध्यपुर थिमि नगरपालिका–९ सिन्टीटारमा डेरा गरी बस्ने दुई किशोरी मृत फेला परेको घटनापछि घटनास्थल पुगेका स्थानीय निरज चक्रधरको दुई तले घरको भुइँ तलामा डेरा गरी बस्ने सुर्खेत पञ्चपुरी नगरपालिका–८ की १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल सोही घरको प्यासेजमा एउटै डोरीले झुन्डिएर मृतावस्थामा फेला परेको जनाए । 
घरधनीका अनुसार दुई साता अघिमात्र ती किशोरीहरु डेरामा बस्न आएका थिए । प्रहरीका अनुसार मृतक दिदीबहिनी घरबाट भागेर आएको खुल्न आएको छ । भारतको मुम्बाईको मिरा भयोण्डरको आफ्नै निवासबाट करिब १ महिनादेखि उनीहरु सम्र्पकविहिन भएका थिए । त्यसपछि भारतीय संजाल र विभिन्न समाजिक संघसस्थाबाट फोटोसहित खोजी कार्य भइरहेको थियो । ३ हप्तादेखि छोरीहरुको कुनै सम्पर्क नभएपछि मिडिया अन्तर्वार्ता पनि दिइएको थियो । सोही अन्तवाता पनि अहिले सावजनिक भएको छ । सुर्खेत पश्चिम विद्यापुर पञ्चपुर नगरपालिका ८ तिनकुने घर भएका उनीहरुको अन्तवाता सावजनिक भएको हो ।
भारतको मम्बाईबाट कम्प्युटर क्लास जान्छु भनेर निस्केको कक्षाबाट ७ बजे फर्किन्छ भनेर कुरेका थियौं, अन्तार्वातामा उमा कडेल भन्छिन्, त्यसदिन म्यासेन्जरमा कल गर्दा उठेन ।  त्यसपछि आमा उमाले भ्वाइस म्यासेज छाडिन्, ‘रोटी बनाएर खानू । म काममा गएँ ।’ कान्छी छोरीको अन्तिम म्यासेज– भ्वाइस म्यासेज आयो, ‘ममी हामी यहाँ छैनौं । हामी बैंगलोर गयौं । पैसा कमाएपछि तपाईंलाई भेट्छौं । त्यो भन्दा अघि भेट्न सक्दैनौं ।’ त्यसपछि उनले घरमा फोन गरिन्  । कामबाट घर फर्केर हेर्दा लत्ताकपडा र पैसा थिएन र आफ्नलाई कल गर्दा पनि कतै नभएको उनले बताएकी थिइन् । त्यसपछि पुलिसचौकीमा रिर्पोट गरेका थिए मोबाइलको लोकेशन ट्याक्गि गर्दा त्यसदिन भिवन्डीतिरको देखायो । प्रहरी परिवार साथीभाई राती दुई बजेदेखि खोजीकार्य खोजिकार्य गर्दा पनि भेटिएन्न् । भोलीपल्ट लोकेसन गोरखपुर हुँदै नेपाल गइराखेको राती दुई बजेदेखि खोजीकार्य देखाएको थियो । मोबाइल लोकेसनमा भारतदेखि नेपालसम्मको ट्र्याक देखियो । उनीहरू काठमाडौंमा होटलमा काम गरेको भन्ने सुनेपछि थप आशंकित भएका बताइकी थिइन् । कान्छीलाई कस्ले के भनेर गएको केही थाहा नभएको उनले एक अन्तर्वार्तामा भनेकी छिन् ।
भक्तपुर प्रहरी परिसरका प्रनाउ ढुण्डीराज नेउपानेले दुई दिदीबाहिनीको लासको मुचुल्का विहीबार राति ११ बजेमात्रै हुने जानकारी दिए । भारतको बम्बइबाट बुवा राती ११ बजेको फ्लाइटबाट नेपाल आउने भएकाले बुवा बासुदेव कडेलले आफू नआइकन लास नउठाउन आग्रह गरेकाले राति मात्रै लाश उठाउने विहीबार साँंझ उनले भने । उनी भन्छन्, त्यसैले बुबा नआइकन लास उठ्दैन । साथै नेउपानेले उनीहरुलाई एउटा दिदी भिनाजुले यहाँ ल्याएको भन्ने विषयमा थप छानविन भइरहेको बताए । दिदीबहिनीहरु करिब १५ दिनदेखि सिन्टिटारको डेरा गरि बसेको जानकारी उनले गराए ।
उनीहरु नजिकैको गामेन्टमा काममा संलग्न थिए । मध्यपुर थिमि नगरपालिका–९ सिन्टीटारमा अवस्थित कालिदेवी टेलर्सका संचालक पवन परिवारले करिब दुई हप्ता अगाडी एकजना केटा र दुई बहिनीसहित अर्को एकजना केटी काम माग्नको लागि टेलर्समा आएको बताउँछन् । उनीहरु केटालाई भिनाजु भनेर सम्बोधन गरेका थिए । दिदीभिनाजु एउटामात्र कोठा छ बस्न अफ्ठ्यारो हुन्छ कोठा खोजिदिनु भनेर पनि भनेका थिए, सचालक परियार भन्छन् तर कोठा उनीहरु आफैले खोजे हामीले उनीहरुले ग्यास चुलोसमेत जडान गरेर दिएका थियौं । 
कहाँबाट आएको भनेर सोध्दा सुर्खेतबाट नै आएका भनेको उनी सुनाउँछन् । घट्ना हुनु दुइतीनदेखि नै काममा नआएको उनी बताउँछन् । उनीहरु काम गर्न भन्दा पनि काम सिक्न भनी आएका थिएन, उनले भने ।
 

Comments