कहिले उठ्छ झुण्डिएकी दुई दिदीबहिनीको लाश ?


साउन ८, २०८२, बिहीबार | साँझ ०६:०० बजे | 305


कहिले उठ्छ झुण्डिएकी दुई दिदीबहिनीको लाश ?

बोदे । आज विहान ६ः४५ बजे मृत अवस्थमा फेला परेकी दुई दिदीवहिनीको लाश अझै उठाइएको छैन । मृृतकका आफन्त (आमाबुबा) नआइ पुगेकोले लाश नउठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । परिसरका सूचना अधिकृत डीएपी ढुण्डीराज नेउपानेले घटनापछि आमाबुबाले दिउँंसो ३ बजे पुग्ने जानकारी दिएको तर पुनः राति ११ बजेमात्रै पुग्ने जानकारी प्राप्त भएको जानकारी गराए । उनीहरु नपुगेसम्म लाश मुचुल्काका लागि नउठाउनु भन्ने आदेश आएकाले लाश नउठाइएको उनले जनाए । उनीहरु भारतमा रहेको र त्यहाँंबाट हजाइजहाजमाफत् नेपाल आइ घटनास्थलमा आइरहेको जनाइएको छ । ती दुई वटै बालिकाहरु तीन हप्ता अघि वेपता भएको परिवारले बताइरहेका छन् । बेपता भएर नभेटिएपछि मृतकका मातापिताले टिभीमा गएर दिएको अन्तर्वार्ता पनि सार्र्वजनिक भइसकेको छ । 
अहिले लाशलाई प्रहरी परिचालन गरी सुरक्षा घेरामा राखेको छ । साथै घटना भएको घरका अन्य कोठाहरुमा बस्ने कसैलाईृ पनि बाहिर निस्कन दिइएको छैन । सोही घरका अन्य कोठाहरुमा पनि अन्य मानिसहरु डेरा गरी वस्थे । कोठामा बस्नेहरुमा ससाना बालबालिकादेखि बृृद्धासम्म पनि छन् । घरबेटी भने नजिकैको अर्काे घरमा वस्छन् ।  
भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ८ बोडे सिन्टिटार स्थितमा ईट्टा र फलामले बनेको २ तले घरको भुइ तलामा डेरा गरी बस्ने सुर्खेत पञ्चपुरी नगरपालिका वडा नं. ८ घर भई हाल बोडे सिन्टिटार बस्ने वर्ष १७ की मेनुका कँडेल र सोही स्थान बस्ने निजकी बहिनी वर्ष १५ की श्रृजना कँडेल निजहरुकै डेराकोठाको प्यासेजमा रहेको फलामको डण्डी (बलो)मा नाइलनको डोरी घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थलमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई थप अनुसन्धान कार्य भइरहेको छ । तर तथ्य अहिलेसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।

Comments