भक्तपुर मंग्लाछेंकी ७१ वर्षीया बद्धाको मृत्यु
साउन ६, २०८२, मङ्गलबार | साँझ ०४:१५ बजे | 250
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ८ स्थित इटभु चोकमा काठमाण्डौबाट बनेपातर्फ जाँदै गरेको बा. ५ ख. ४७८२ नं. को मयुर यातयातको बसले पैदलयात्री भक्तपुर नगरपालिका वडा नं. ४ मंगलाछेँ घर भई हाल भक्तपुर आदर्श बस्ने बर्ष ७१ की सुवर्णकेशरी श्रेष्ठलाई बाटो क्रश गर्ने क्रममा ठक्कर दिदाँ मृत्यु भएको छ । ठक्करपछि गम्भिर घाईते भई उपचारको लागि भक्तपुर अस्पताल लगेकोमा उपचारकै क्रममा ११ः३५ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी टोली खटिई गएको जनाइएको छ । ठक्कर दिने बस र चालक नुवाकोट शिवपुरी गाँउपालिका वडा नं. २ छाप घर भई काठमाण्डौ नारायणस्थान बस्ने बर्ष २८ को निलकुमार तामाङलाई नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।
