पाण्डुबजारमा रिक्सा चालकलाई ठक्करः कुटपिटपछि रिक्सा चालक अचेत
साउन ४, २०८२, आइतबार | साँझ ०४:२२ बजे | 1210
भक्तपुर । भक्तपुरको पाण्डुबजारमा गाडी चालक, सहचालक, यात्रुहरूद्वारा रिक्सा गाडा चालक मरणासन्न हुने गरी कुटपिट गरेको बताइएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार अरनिको राजमार्ग पाण्डुबजार घलांते सडक खण्डमा बनेपा पनौती रूटमा चल्ने यात्रुबाहक बसद्वारा एक रिक्सा गाडा चालकलाई ठक्कर दिएको थियो । त्यसपछि रिक्सा मजदुरले गमलाले गाडीमा प्रहार गरेका थिए । लगतै गाडीका यात्रु, सहचालक, चालक मिलेर कुटपित गरेको बताइएको छ । त्यसपछि निज रिक्सा चालक अचेत भएका थिए । तस्वीर फेसबुकबाट
