भक्तपुर । घरेलु हिसाको आरोपमा भक्तपुर प्रहरीले मंगलबार एकजना इन्जिनियरलाई पक्राउ गरेको छ । कलेजको प्राध्यापन पेशामा संलग्न भक्तपुरका इन्जिनियर बसन्त पञ्चलाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको हो । अनुसन्धानका लागि अहिले पक्राउ गरी उनलाई थुनामा राखिएको छ ।
बसन्त पञ्चसँंग एक वर्ष अगाडि सामाजिक परम्परा अनुसार मागी विवाह भएकोमा बसन्तले पछिल्लो समयमा आफूसंग अनावश्यक कुराहरुमा झैझगडा  गर्ने, हातपात गर्ने, मानसिक तथा शारिरिक यातान दिई सताइराखेको कारणले श्रीमान्को यातना खप्न नसरी आफु विगत पाँंच ६ महिनादेखि माइतमा वस्न परेको भन्दै श्रीमतिले प्रहरीमा उजुरी हालेकी थिइन् । माइतमा वस्दा समेत डर धम्की देखाई डरत्रास दिएको पीडितको आरोप छ । प्रहरीसँंग निज पञ्चले अर्काे विवाह गरेको स्वीकारेको जनाइएको छ ।...

All Comments.......


Please Login/Register To Comments