भक्तपुरका सुजखु प्रहरीको नियन्त्रणमा


माघ ५, २०७७, सोमबार | दिउँसो ०१:३७ बजे | 15


भक्तपुर । भक्तपुरका एक रक्सी भट्टी संचाललाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ। भक्तपुर चाँगुनारायण नगरपालिका २ झौखेल बस्ने ४० वर्षीय लक्ष्मी प्रसाद सुजखुलाई नियन्त्रणको लिएको हो।

महानगरीय प्रहरी प्रभाग ब्यासी भक्तपुरबाट प्रहरी नायव निरिक्षक बीर बहादुर भण्डारीको कमाण्डमा २० जना प्रहरी टोली खटी गई घर टहरालाई घेराबन्दी गरी खानतलासी गर्दा घरेलु मदिरा (रक्सी) तयारी पाँच सय लिटर, तयारी कच्चा पदार्थ चार हजार लिटर बरामत गरेको जनाएको छ।

साथै घरेलु मदिरा बनाउने मेटलका भाडाहरु, माटाका भाडाहरु समेत कानून बमोजिम बरामद गरी रक्सी भट्टी संचालक सुजखुलाई थप अनुसन्धान तथा कारवाही भईरहेको बताए।

Comments