भक्तपुरको दधिकोटमा आगोलागी
जेठ २८, २०७७, बुधबार | विहान ०६:५६ बजे | 5
भक्तपुर । सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित ४६ वर्षीय मनसिंह विष्टले सञ्चालन गरेको गाईफार्ममा आगलागी हुँदा चार गाई, दुई बाच्छासहित कुखुरा जलेर मरेका छन् । फार्ममा रहेका ६ गाई, तीन बाच्छाबाच्छी, ४० स्थानीय जातका कुखुरा रहेकामा दुई गाई, दुई बाच्छाबाच्छीलाई जीवितै उद्धार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । आगलागीपछि महानगरीय प्रहरी प्रभाग दधिकोटका प्रनानि नवराज खरेल समेतको प्रहरी टोली, भक्तपुरको दमकल र स्थानीय बासिन्दाको सहयोगमा बहान ३ बजे आगो नियन्त्रणमा आएको थियो । प्रहरीका अनुसार आगलागीबाट आठ लाख ७० हजार रूपैयाँ बराबरको क्षति भएको छ ।