भक्तपुरमा मोटरसाइकल चोरी गर्ने ४ जना व्यक्तिहरु पक्राउ गरेका छन्। भक्तपुर सुर्यविनायक नगरपालिका वडा नम्बर ८ घ्यापेडाँडा बस्ने १८ वर्षीय कृष्ण थिङ, काभ्रेपलाञ्चोक पनौती नगरपालिका वडा नम्बर ८ बस्ने १८ वर्षीय अनिश श्रेष्ठ, साथै अन्य १४ वर्षीयका दुइ जना बालकहरु भएको प्रहरीले जनाएका छन्।
चाँगुनारायण नगरपालिका वडा नम्बर ८ रानीबारी स्थितमा महानगरीय प्रहरी प्रभाग सुडाल भक्तपुरबाट प्र.स.नि. पुस्कर थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बा. ३२ प. ७९५३ नं. मोटरसाइकल ४ जना व्यक्तिहरुले ठेल्दै डोराउदै ल्याइरहेको हुँदा रोकी चेकजाँच गर्दा पक्राउ गरेको बताए।
भक्तपुर नगरपालिका वडा नं. ४ राममन्दिर नजिकै पार्किङ गरी राखेको बा. ३२ प. ७९५३ नं. को २०० सि.सि. को रातो रंगको पल्सर चोरी भएपछि राजन पोतामाहाले प्रहरी कन्ट्रोल १०० मा खवर गरे पश्चावत तत्कालै प्रहरी परिसरले चेकजाँचको क्रममा निजहरु पक्राउ गर्न सफल भएको महानगरीय प्रहरी परिसरका सुचना अधिकारी दिपक गिरीले बताए। निजहरुलाई जिल्ला अदालतमा पेश गरी दिन ५ को म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको गिरीले बताए। साथै उनले बर्ष १४ का दुई जना बालकहरुलाई पनि बाल सुधार गृह भक्तपुरमा राखी थप अनुसन्धान भईरहेको बताए।

...

All Comments.......


Please Login/Register To Comments