चाँंगु ६ मा पहिरोः दुई गाई र एउटा बाच्छो पुरिएर मृत्यु
असार ६, २०८२, शुक्रबार | विहान ०९:३० बजे | 195
भक्तपुर । भक्तपुरको चाँगुनारायण न.पा.०६ फेदी स्थित सहदेव लामिछाने र रामकुमार लामिछानेको ढुङ्गामाटोले बनेको जस्ताले छाएको दुई तले कच्ची गाई÷गोठमा माथिबाट पहिरो आई गोठ पुरिदा गोठमा भित्री बाँधिराखेका ५ वटा गाईहरुमध्ये २ वटा गाईलाई ७ः३० बजे नेपाल प्रहरी र स्थानीयको सहायताले सकुशल उद्दार गर्ने कार्य गरिएको जनाएको छ । २ वटा गाई र एउटा बाच्छो पुरीयर मृत्यु भएको छ । पराल अन्दाजी २० भारी पुरीएर क्षति भएको जनाइएको छ । मानविय क्षती भने नभएको जिल्ला विपद्ले जनाएको छ । घटना शुक्रबार विहान चार बजेर ४५ मिनेटमा भएको जनाइएको छ ।