दधिकोटमा नवविवाहिता युवतीले गरिन् आत्महत्या


असार ४, २०८२, बुधबार | राति ०७:३२ बजे | 30


दधिकोटमा नवविवाहिता युवतीले गरिन् आत्महत्या

भक्तपुरको सूर्यविनायक नगरपालिका–४, दधिकोटमा एक युवतीले आत्महत्या गरेकी छन्। दक्षिणबाराहीस्थित ईँटाभट्टा नजिकै डेरा गरी बस्दै आएकी २२ वर्षीया युवतीले बुधवार दिउँसो झुण्डिएर ज्यान लिएकी हुन्।

प्रहरीका अनुसार मृतक युवतीको स्थायी घर मकवानपुरको हेटौंडा रहेको छ। उनले करीब दुई महिना अघि ओखलढुंगा घर भएका युवकसँग विवाह गरेकी थिइन्। विवाहपश्चात् उनी श्रीमान्‌सँगै दधिकोटमा डेरा गरी बस्दै आएकी थिइन्। प्रारम्भिक अनुसन्धानमा घरायसी विवादका कारण युवतीले आत्महत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

Comments