भक्तपुरमा लाश फेला
माघ १, २०७७, बिहीबार | दिउँसो ०१:३३ बजे | 15
भक्तपुर । भक्तपुर सुर्यबिनायक नगरपालिका. ९ पलासे स्थित गणेश बाल विकास स्कुल नजिक खोल्सामा घोप्टो अवस्थामा अधबैसे पुरुष व्यक्ति मृत अवस्थामा विहिबार फेला परेको छ।
महानगरीय प्रहरी बृत जागाती भक्तपुरबाट प्र.नि. विष्णुहरी फुँयालको कमाण्डमा तत्कालै अनुसन्धान अधिकृतको प्रहरी टोली पुगी बुझ्दा मृतक जिल्ला सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउपालिका वडा नं. ५ घर भई भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिका वडा नं. ९ महत गाँउ बस्ने बर्ष ४५ को साइला श्रेष्ठ भन्ने लक्ष्मीदास श्रेष्ठ रहेको जनाएको छ।
म्हानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार निज दिउसोको समयमा ज्याला मजदुरीको काम गर्ने र रातको समयमा गणेश बाल विकास स्कुलमा सुरक्षा गार्डको काम गर्ने भन्ने बुझिएको छ। परिसरका सुचनाअधिकृत दिपक गिरीका अनुसार दिउसो काम गरेर मादक पदार्थ सेवन गरी आफु बसेको कोठामा फर्किने क्रममा खोल्सामा आफै लडी मृत्यू भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए।
घटनास्थल तथा लासाजाँच मुचुल्काको कार्य सम्पन्न गरी मृतक लास पोष्टमार्टमको लागी काठमाण्डौ मेडिकल कलेज दुवाकोट, भक्तपुरमा पठाइएको जनाएको छ।