यस्तो छ रोशनी मृत फेलाबारे प्रहरीको विज्ञप्ति (जस्ताको तस्तैसहित)
जेठ ११, २०८२, आइतबार | दिउँसो १२:१२ बजे | 80
भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले रोश शाही मृत फेला परेकोबारे आइतबार साँंझ विज्ञप्ति प्रकाशित गरेको छ । दिउँंसो १ः५० बजे घटनाबारे खवर प्राप्त भएको भन्दै परिसरले साँझ ५ः५० बजे विज्ञप्ति सार्वजनिक गरयो ।
प्रेस विज्ञप्तीः
मानिस मृत फेला परेको
मिति २०८२।०२।११ गते अन्दाजी १३ः५० बजेको समयमा जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ३ बालकोट बृहस्पति मार्ग स्थित ३ तले पक्की घरको पहिलो तलामा डेरा गरी बस्ने जिल्ला जाजरकोट स्थायी वतन भएकी वर्ष ५० की रोशनी शाही कोठाको ढोका भित्रबाट चुकुल लगाई घोप्टो परी मृत अवस्थामा रहेको भन्ने जानकारी प्राप्त हुनासाथ तत्कालै प्रहरी वृत ठिमी भक्तपुरबाट प्रहरी टोली खटिई गई थप अनुसन्धान कार्य भईरहेको ।