भक्तपुर । भक्तपुरको सूर्यविनायक पाण्डुबजारमा आगलागी भएको छ। सुर्यबिनायक नगरपालिका ६ पाण्डुबजार स्थितमा ऐ. बस्ने बर्ष ५५ को रामकृष्ण चौगुठीको १ तले कच्ची जस्ताको टहरामा आगलागी भएको हो।

आगलागी भएको टहरा हाल भोज बहादुर धिसिङले संचालन गरेको मासु पसलमा संचालन गरिराखेको पसलमा आगलागी भएको प्रहरीले जनाएको छ। ५ वटा पसलहरुलाई क्षति पुर्याएको उनी बताउँछन्।

अचानक बिजुलीको तार सर्ट भई उक्त आगोलागी भई नजिकैको अन्य पसलहरुमा समेत सल्किन गएको महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी दिपक गिरीले जानकारी गराए। धनमाल जलि नष्ट भएको तर मानवीय क्षति नभएको गिरी बताउँछन्। पाँच वटा पसलहरुलाई क्षति पुर्याएको उनी बताउँछन्।

यी पाँच पसलमा आगलागीले भएको क्षतिको विवरण
१)  जिल्ला भक्तपुर सुर्यबिनायक नगरपालिका ६ पाण्डुबजार बस्ने राम कृष्ण चौगुठीको फर्निचर पसलमा रहेको दराज, टेबुल, फर्निचर बनाउने काठ र बा ७५ प ५८२४ नं को यामाहाको ँश् मो.सा थान १ समेत जलि अं मु रु ६,००,०००र( बराबरको क्षति भएको ।
२)  ऐ. बस्ने भोज बहादुर धिसिङको मासु पसलमा रहेको जिउँदो बोईलर कुखुरा २५ वटा, तयारी मासु र फ्रीज १ थान समेत पुर्ण रुपमा जलि  अं मु रु २,००,०००र( बराबरको क्षति भएको ।
३)  ऐ. बस्ने नारायण साडेमियाले संचालन गरेको चिया पसलमा रहेको फ्रीज १ थान, टेबुल, कुर्सी, त्ख् र अन्य सामानहरु समेत जलि अं मु रु २,००,०००र( बराबरको क्षति भएको ।
४)  ऐ. बस्ने बिमल घिमिरेले संचालन गरेको फेन्सी कपडा पसलमा रहेको कपडाहरु जलि अं मु रु ६०,०००र( बराबरको क्षति भएको ।
५)  ऐ. बस्ने नरेश कर्माचार्यको कोठा समेतमा आगोलागी हुँदा कोठामा रहेका दराज, पलंग, कार्पेट, बेड बिस्तारा, लत्ता कपडा र अन्य सामान समेत जलि अं २,००,०००र( बराबरको क्षति भएको ।
उक्त आगोलागीबाट जम्मा अं १२,६०,०००र( बराबरको धनमाल जलि पुर्ण रुपमा नष्ट भएको ।...

All Comments.......


Please Login/Register To Comments