चेकिंगको क्रममा दधिकोटबाट हराएको मोटरसाइकल फेला 


जेठ १०, २०८२, शनिबार | विहान ०३:११ बजे | 40


चेकिंगको क्रममा दधिकोटबाट हराएको मोटरसाइकल फेला 

भक्तपुर । प्रहरी प्रभाग दधिकोट भक्तपुरबाट चेकीङमा खटिएको प्रहरी टोलीले भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ४ गाम्चास्थित सडक खण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ८ बस्ने वर्ष २७ को गुर्जु भन्ने निरोज बज्राचार्यले चलाई ल्याएको बागमती प्रदेश ०२–०२० प ३९५५ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा उक्त सवारीसाधन चोरीको भन्ने शंका लागी निज चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा उक्त मोटरसाइकल जेठ २ गते अन्दाजी साढे १ बजे काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं.९ सिनामंगलबाट चोरी भएको भनी खुल्न आएको खुल्न आएको छ । त्यसो हुँदा निज गुर्जु भन्ने निरोज बज्राचार्यलाई कानुन बमोजिम पक्राउ गरिएको छ । उनीबाट बरामद दसी सहित आवश्यक कार्बाहीको लागि प्रहरी वृत्त गौशाला काठमाडौ पठाइएको जनाइएको छ ।
पक्राउ मानिसः–
१. जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं.८ बस्ने वर्ष २७ को गुर्जु भन्ने निरोज बज्राचार्य ।
 

Comments