यस्तो छ भक्तपुर अस्पतालको धारणा


जेठ २६, २०७७, सोमबार | दिउँसो ०१:४९ बजे | 5


भक्तपुर । अस्पतालमा आइतबार राति मृत्यु भएकी सुत्केरी महिलामा कोरोना भाइरस संक्रमण भएको आशंकासँंगै भक्तपुर अस्पतालले सोमबार प्रेस विज्ञप्ति प्रकाशिन गरी अस्पतालको धारणा सार्वजनिक गरेको छ । अइतबार साँंझ सवा ६ बजे सुत्केरी हुन अस्पताल भर्ना भएकी भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ३ झौखेल डेरा गरी सिन्धुपाल्चोकको लिशंखुपाथर गाउपालिका वडा नं ३ घर भएकी ३६ वर्षीया सन्तमाया लामाको निधन भएको थियो । भएपछि अस्पतालको सवै सेवा वन्द गरिएको छ । मृतकको आरडीटी परीक्षण गर्दा कोरोना पोजेटिभ आएपछि आफन्त तथा उपचारमा संलग्न चिकित्सकहरु सवैलाई सोही वार्डमा नै आइसोलेशनमा राखिएको अस्पतालले प्रेस विज्ञप्ति प्रकाशिन गरी जनाएको छ । उनीहरु सवैको स्याब परक्षिणका लागि राष्टिय जनस्वास्थय प्रयोगशाला काठमाडौ पठाइएको अस्पतालले जनाएको छ । मृतक महिलाका शव अहिले अस्पतालमै राखिएको छ । जन्मिएका शिशुको अवस्था सामान्य रहेको जनाएको छ ।

Comments